पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु

स्याङ्जा | असार २४, २०८१

पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु सांकेतिक तस्बिर

स्याङ्जा:   अविरल वर्षाका कारण  घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा भिरकोट नगरपालिका ५ ज्यामिरेका ७३ वर्षीय खेमकुमारी मल्ल रेहकी छिन् । 

 

गत २२ गते ढुङ्गा, माटो र जस्ताले बनेको दुइतले कच्ची घर माथिबाट पहिरो आएर घर पुरेको थियो ।

 

त्यसपछि उद्धारमा खटिएको टोलीले २३ गते आइतबार मात्रै पहिरोमा पुरिएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 


 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्