उपत्यका बाहिर पनि फैलियो हैजा
काठमाडाैं | असार २२, २०७९
काठमाडौँ: काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ ।
भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए । काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको छ । हैजा तथा झाडापखालाबाट बच्चाका लागि पानी उमालेर तथा क्लोरिन झोल राखेर शुद्धीकरण गरिएको पानी मात्रै पिउन डा।दासले आग्रह गरेका छन् । सडेगलेको बासी, झिँगा भन्केका नखान उनको आग्रह छ । खानेकुरालाई राम्रोसँग पकाएर फलफूलहरूलाई राम्रोसँग शुद्ध पानीले पखालेर खान उनको उनको सुझाव छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

