सहारा बाल आधारभूतलाई १ लाख बराबरको ‘डेक्स–बेन्च’ सहयोग
पाेखरा | असार २१, २०८१
पोखरा: सहारा आधारभूत विद्यालयलाई सहारा क्लब पोखरका पूर्व अध्यक्षको संयोजकत्वमा फर्निचरका समाग्री प्रदान गरिएको छ ।
पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लबका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा रु. १ लाख ४ हजार बराबरको समाग्री सहयोग गरिएको हो ।
उक्त विद्यालयलाई पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी तथा केशव थापामगर लगायत सहयोगी दाताहरुले १२ सेट डेक्स बेन्च र १ सेट कुर्ची टेबल हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीका अनुसार सो विद्यालयमा हाल २ सय ७० बालबालिकाहरु अध्यनरत छन् ।
क्लबका पूर्व अध्यक्ष थापामगरले क्यानाडा, अष्ट्रेलियामा, अमेरिका, पोल्याण्ड, भारत, दक्षिण कोरिया लगायतका देशहरुमा रहेका सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेका थिए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

