क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट

काठमाडाैं | असार २०, २०८१

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट

काठमाडौं:   अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेतारअभिनेत्री घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्री भइन् । 


नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा उत्कृष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, उत्कृष्ट माउन्टेन फिल्म ‘प्रेम गीत–३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालतर्फको अवार्ड ‘बुलाकी’ले जितेको छ । 


दुई दिनसम्म चलेको फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेशसहित पाँच देशबाट ४३ चलचित्र प्राप्त भएका थिए । 

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्