क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट
काठमाडाैं | असार २०, २०८१
काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेतारअभिनेत्री घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्री भइन् ।
नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा उत्कृष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, उत्कृष्ट माउन्टेन फिल्म ‘प्रेम गीत–३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालतर्फको अवार्ड ‘बुलाकी’ले जितेको छ ।
दुई दिनसम्म चलेको फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेशसहित पाँच देशबाट ४३ चलचित्र प्राप्त भएका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

