प्रधानमन्त्री दाहालसँगको छलफलपछि रास्वपाका चार मन्त्रीले राजीनामा नदिने
काठमाडाैं | असार २०, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिन बालुवाटार पुगेपनि राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्। प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सोही आग्रहमा उहाँहरुले राजीनामा नदिइ फर्किनुभएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।
दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।
नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

