राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री

काठमाडाैं | असार १८, २०८१

राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री तस्बिर फाइल

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन्। राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री  केही समयअघि फर्किएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ।


प्रधानमन्त्री प्रचण्ड पछिल्लो राजनीति घटनाक्रमका बारेमा जानकारी गराउन शीतल निवास गएका थिए।


एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री पदाधिकारी बैठक सकिएलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।


नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिइ विश्वासको मत लिने ‘मुड’ मा छन्। माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमाले र कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा मार्गप्रशस्त गरिदिन आग्रह  गरेका छन्।


नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ।  सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।


एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्