राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री

काठमाडाैं | असार १८, २०८१

राष्ट्रपति पौडेललाई भेटेर फर्किए प्रधानमन्त्री तस्बिर फाइल

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन्। राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री  केही समयअघि फर्किएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ।


प्रधानमन्त्री प्रचण्ड पछिल्लो राजनीति घटनाक्रमका बारेमा जानकारी गराउन शीतल निवास गएका थिए।


एमाले र कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री पदाधिकारी बैठक सकिएलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।


नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिइ विश्वासको मत लिने ‘मुड’ मा छन्। माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ। तर, एमाले र कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा मार्गप्रशस्त गरिदिन आग्रह  गरेका छन्।


नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ।  सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।


एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्