जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

काठमाडाैं | असार १६, २०८१

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

काठमाडौं:     उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ। 


आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी)को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुक अप्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो। 


उहाँले मुलुक अप्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको जिकिर गर्नुभयो। उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनुभयो। उहाँले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘मुलुक त सधैँ खतरामा हुने रहेछ। परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ। सधैँ अप्ठ्यारो पर्ने रहेछ। त्यो अप्ठ्यारो के नेपाली जनताले पारेका हुन्। किसान, मजदुरले, काम गरेर खाने मान्छेले कसले अप्ठ्यारोमा पार्‍यो ? म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। 


जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ। त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ। नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन। अलग अलग भयो। लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो। चिन्ता गर्नुपर्दैन।

 

लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरूले चिन्ता गर्नुपर्दैन। नेताहरूले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौतामा हस्ताक्षर गरेको सुनेका छौँ। के आजसम्म नेतृत्वले ठुला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ।’

 

उहाँले नेताले देश बनाउने कुरामा चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...

थप पढ्नुहोस्

पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...

थप पढ्नुहोस्

सर्लाही:   नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।  आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...

थप पढ्नुहोस्