भीड भएपछि प्रशासनले भन्यो –आफुलाई पायक पर्ने ठाउँमा जानुहोस्

कहाँ जाने ?

पाेखरा | असार ६, २०८१

भीड भएपछि प्रशासनले भन्यो –आफुलाई पायक पर्ने ठाउँमा जानुहोस्

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड भएपछि सूचना जारी गर्दै कास्कीका विभिन्न ५ स्थानबाट सेवा वितरण गर्ने बताएको छ ।

 

सूचनामा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने,फोटो खिन्चे प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिनुहुन अनुरोध छ ।’

 

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका भित्रका वडा नम्बर १को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवा लिन सक्नेछन् ।

 

यसैगरी अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकहरुले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् । 

 

उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।


 

यो पनि पढ्नुहोस

 

 

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यता गर्ने बताएपछि देशैभरका प्रशासन कार्यालयमा भीड बढेको छ ।

 

गत महिना मात्रै  कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका भरतमणि पाण्डेले मुख्य रुपमा विपद् व्यवस्थापन र ग्राहकमुखी सेवा प्रदान गर्ने योजना सुनाएका थिए ।


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्