चितवनमा आजदेखि रोजगार मेला

चितवन | असार २२, २०७९

चितवनमा आजदेखि रोजगार मेला


चितवन:   जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो ।

 

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पार्नुभयो ।

 

विभिन्न सङ्घसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ । रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ । जिल्लाका साथै देश–विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताउनुभयो । विद्यार्थी तथा बेरोजगार युवालाई श्रमबजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उहाँको भनाइ छ । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ ।

 

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ । मेलामा ६० वटा स्टल रहने छन् । दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा सुवेदीले गर्नुभयो ।

 

वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकामा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न सङ्घसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गरिने छ ।

 

मेला हेल्भिटासको प्राविधिक सहयोगमा हुन लागेको हो । यसमा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चितवन च्याम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटल सङ्घ नेपाल, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल, नेपाल पोल्ट्री महासङ्घको सहकार्य रहेको छ ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्