कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव: रक्तदानदेखि सम्मानसम्म
पाेखरा | असार ६, २०८१
पोखरा: कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।
बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए ।
कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उनले बताए ।
यस्तै अघिल्लो दिन रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको अध्यक्ष गुभाजूले बताए ।
उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो ।
यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाई थियो ।
२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ भने अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजूले जानकारी दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

