आजदेखि पोखरामा स्काउटको एड्भेन्चर फेस्ट

पाेखरा | असार ५, २०८१

आजदेखि पोखरामा स्काउटको एड्भेन्चर फेस्ट

पोखरा:  नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा आजदेखि दोश्रो एड्भेन्चर फेस्ट ( असार ५ गते  पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ। 

 

उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ।  

 

कार्यक्रममा  बालबालिका तथा युवाहरुलाई  शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीपसहित विभिन्न विपद्का घडीहरुमा उद्दार कार्यमा डर र होस गुमाउनु हुदैन भन्ने ध्ययेका साथ उद्दारमा सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेस प्रमुख आयुक्त सागर पौडेलले जानकारी दिए । 

 

उनका अनुसार सो कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार  विद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछन् । 

 

कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाइम्बिङ, मङ्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुदैंछन्  ।
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्