गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित

पाेखरा | असार ३, २०८१

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित

पोखरा:   गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले  जित निकालेका छन् ।

 

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ ।

 

वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो ।

 

पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्धतले २३ रन जोडे । पर्वतका दिपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।

 

नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदिप अर्याल र स्विकार श्रेष्ठले समान १–१ विकेट लिए ।

 

९४ रन पछ्याएको नवलपुरले १३।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको म्यान अफ दि म्याच समेत रहेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे । तर अर्का ओपनर गोविन्द विक भने सून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका थिए ।

 

रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दिपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए ।

 

स्याङजाका किरणले लिए ५ विकेट

 

गोरखा विरुद्धको खेलमा स्याङजाका बलर किरण भट्टराईले ५ विकेट लिंदा स्याङजाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८।१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

 

अतिरिक्त १३ रन समेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

 

स्याङजाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै विपिन राज न्यौपानेले ३.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिए ।

 

यता जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङजाका ओपनर खेलाडी द्वय इश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट व्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन् टिमकालागि २ अंक समेत जोडे ।

 

इश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्धतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।

 

मंगलबार पहिलो खेल पर्वत र स्याङजाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरबीच हुनेछ ।

 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

 

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

सप्तरी:   सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका(१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने...

थप पढ्नुहोस्

नवलपरासी:     पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ ।       बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछ...

थप पढ्नुहोस्

ढोरपाटन:   उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभय...

थप पढ्नुहोस्