फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन

पाेखरा | असार २, २०८१

फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन

पोखरा:  दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजना गरेको पहिलो संस्करणको फुटसल प्रतियोगितामा एमएम एफसी टिम ‘ए’ च्यामिपयन बनेको छ ।

 

न्यू एयरपोर्ट फुटसल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा एमएम एफसी टिम ‘ए’ ले टिम  एमएम एफसी टिम ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको टिम ‘ए’ ले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको एमएम एफसी टिम ‘बि’ ले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगितामा पोखरा महानगरपालिका १५ भित्रको कुल २१ टिमको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई मुख्य प्रायोजक फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीका सञ्चालक गंगा बहादुर खड्का, तथा पोखरा महानगरपालिका १५ का जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरेका थिए । 

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्