सुनसहित साढे ९६ लाखको समाग्री चोर्ने नवीन र राजकुमार पक्राउ (समाग्रीका तस्बिरसहित)

१० महिना अघि मात्रै कैद भुक्तान गरेर जेलमुक्त भएका थिए सुवास

पाेखरा | जेठ २८, २०८१

सुनसहित साढे ९६ लाखको समाग्री चोर्ने नवीन र राजकुमार पक्राउ (समाग्रीका तस्बिरसहित)

पोखरा:  कास्की प्रहरीले सुनसहित करिब ९६ लाखको समाग्री चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

 

वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगर भनिने राजकुमार नेपालीलाई चोरी सार्वजनिक गरेको हो ।

 

नवीन नेपालीलाई मियाँपाटनको आफ्नै डेराबाट र थापामगरलाई लेखनाथको शुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

 

 

उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए । 
 

डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।

 

उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।

 

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 


 

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुना...

थप पढ्नुहोस्

म्याग्दी:     मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्...

थप पढ्नुहोस्

चितवन:   पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ ...

थप पढ्नुहोस्