बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप | असार २१, २०७९

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप:  रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

 

९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । 

 

उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् । 

प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । 

 

आज बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियाे। 

पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ ।   पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हु...

थप पढ्नुहोस्

पोखरा:   नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ ।   तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख म...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् ।   दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...

थप पढ्नुहोस्