टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित
काठमाडाैं | जेठ २३, २०८१
काठमाडौं: आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।
नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोडे । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए ।
नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।
सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गरेका पौडेलले ५ चौका प्रहार गरे ।
नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट भए । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोडे ।
करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए ।
नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

