बस दुर्घटनामा ९ जनाको मृत्यु
रामेछाप | असार २१, २०७९
रामेछाप: रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र पाँचजना पुरुष रहेका छन् । साथै, मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा परी २६ जना घाइते भएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ भने २३ जनालाई धुलिखेल अस्पताल, काभ्रेमा पठाइएको उहाँले बताउनुभयो । प्रजिअ पहाडीका अनुसार धुलिखेल अस्पताल पठाइएका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

