टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि
पाेखरा | जेठ १९, २०८१
पोखरा: स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ वर्ष माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ ।
अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो ।
उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफि र नगद राशीसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

