पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ

काठमाडाैं | जेठ १९, २०८१

पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ

पोखरा:   पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ परेका छन् । साइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले २ नाबालकसहित ४ जनालाई जिरोकिलोमिटरबाट पक्राउ गरेको हो ।

 

पोखरा महानगरपालिका ५ जिरोकिलोमिटर स्थित फर्निचर उद्योगमा चोरीका साईकल किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।


सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, स्याङजाका २४ वर्षीय मदन सुनार र कास्कीका १४ वर्षीय र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।


उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए । उक्त साइकल कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्