पोखरा १ विद्यालयस्तरीय बास्केटबल: विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधिका लागि भिड्ने

विद्यालयबीचको सम्बन्ध सुदृढ हुन्छ: वडाध्यक्ष प्रधान

पाेखरा | जेठ १७, २०८१

पोखरा १ विद्यालयस्तरीय बास्केटबल: विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधिका लागि भिड्ने

कास्की:  पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल र राष्ट्रिय मावि प्रवेश गरेको छ ।

 

पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेको हो ।
 

टुडिखेलको बास्केटबल कोर्टमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई पराजित गर्दै विन्ध्यश्वरी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । 

 

उनका अनुसार दोस्रो सेमिफाइनलमा राष्ट्रिय माविले पोखरा आदर्श माविलाई हराउँदै फाइनलमा विन्ध्यश्वरीसँगको भेट पक्का गर्याे । 

 

अब उपाधिका लागि विन्ध्यश्वरी आदर्श बोर्डिङ र राष्ट्रिय मावि शनिबार भिड्नेछन् ।

 

यस्तै पुरुषतर्फ भने सेमिफाइनलको समिकरणमात्र पूरा भएको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । 

 

उनका अनुसार यही शनिबार स्पाइरल ग्यालेक्सी मावि र पोखरा आदर्श माविबीच पहिलो समिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइन राष्ट्रिय मावि र करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)बीच प्रतिस्पर्धा हुनेछ ।

 

सो प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

 

 

उनका अनुसार छात्रातर्फ प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाई क्रमश नगद रु १२ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । 

 

छात्र तथा छात्रा दुवै विधामा सर्वाेत्कृष्ट हुने खेलाडीलाई आकर्षक ट्रफिद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए  ।

 

गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । 

 

शनिबार विहान विद्यालयस्तरी छात्र तथा छात्रा दौड प्रतियोगिताकोसमेत आयोजना गरिने पोखरा महानगरपालिका १ खेलकुद विकास समितिले जनाएको छ ।
 

 

विद्यालयबीचको सम्बन्ध सुदृढ हुन्छ: वडाध्यक्ष प्रधान

 

यसअघि प्रतियोतिाको उद्घाटन गर्दै पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले खेलकुद स्वस्थ्य जीवनका लागि अपरिहार्य रहेको उल्लेख गरे । 

 

उनले खेलकुदमा विभिन्न विधा भएको बताउदै बास्केटबल पनि महत्वपूर्ण खेल भएको धारणा राखे । 

 

उनले प्रतियोगिताले वडाभित्रका विद्यालयबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने बताउदै खेलाडी उत्पादनमासमेत टेवा पुर्याउने उल्लेख गरे ।

 

‘खेल आफैमा महत्वपूर्ण विधा हो । जुन मानव जीवनमा स्वस्थ्यकर जीवनका लागि अपरिहार्य छ, वडाध्यक्ष प्रधानले भने, ‘यो एउटा पाटो हो भने अर्काे पाटो खेलाडी उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले यस्ता प्रतियोगिताहरु निरन्तर भइरहन जरुरी छ ।’

 

उनले आमागी दिनमा पनि खेलकुदसँगै रचनात्मक कार्यक्रमहरुलाई समेत वडाले प्राथमिकताका साथ जोड दिने बताएका थिए । 


 

पोखरा:      गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष  ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण ...

थप पढ्नुहोस्

काठमाडौं:     उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई न...

थप पढ्नुहोस्

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खो...

थप पढ्नुहोस्