पोखरामा २४ र २५ गते शैक्षिक परामर्श मेला

पाेखरा | असार २१, २०७९

पोखरामा २४ र २५ गते शैक्षिक परामर्श मेला

 

पोखरा:  पोखरामा सातौं संस्करणको वैदेशिक अध्ययन परामर्श सम्बन्धि वृहत शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्कीले आगामी २४ र २५ गते पोखरा सभागृहमा आयोजना गर्ने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

शैक्षिक मेलाका संयोजक युवराज पौडेलले असार २४ र २५ गते सञ्चालन हुने शैक्षिक मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी तथा दक्ष परामर्शदाताहरुले विद्यार्थीलाई परामर्श दिने जानकारी दिए । 

 

उनका अनुसार दुई दिन चल्ने शैक्षिक मेलामा कुल ४० वटा स्टलबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विद्यार्थी भिसा नीति एवम् अवसर र चुनौतीको बारेमा मनोपरामर्श ९काउन्सेलिङ० दिइनेछ ।

 

उनले उक्त दिन उच्च शिक्षा हाँसिल गर्न इच्छुक  विद्यार्थीहरुलाई सम्बन्धित, आधिकारिक तथा प्रभावकारी सुचना एवं निशुल्क परामर्श दिइने बताए । 

 

उनका अनुसार सो शैक्षिक मेलामा अमेरिका, बेलायत, अस्ट्रेलिया  न्युनिल्याण्ड, आयरल्यान्ड, जापान, नर्वे, फिनल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता सहित परामर्श दिनेछन् ।

 

उनले उक्त मेला गण्डकी प्रदेशकै ठुलो शैक्षिक मेलाको रुपमा आयोजना गर्न गइरहेको बताए । स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मुख्य लक्ष्य लिएको आयोजकले जनाएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्