हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान र श्रीरामलाई आर्थिक पत्रकारिता पुरस्कार
पाेखरा | जेठ ९, २०८१
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।
पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्तोला सदस्य थिए ।
आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।
२०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।
उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

