जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
पाेखरा | जेठ ४, २०८१
पोखरा: नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।
जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा खेलमा जनकल्याणले पहिलो सेट २५–१९ ले जितेपनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पूनरागमन गर्दै जनकल्याणले २५–१३ र २५–२१ ले जितेको हो । जनकल्याणका भुपेन गुरुङ म्यान अफ द म्याच घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनल खेल जिभिपि युके लण्डन र माछापुच्छ«े गाउँपालिका भलिबल संघबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको भलिबल संयोजक लामा अमृत गुरुङले जानकारी दिए ।
दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने संयोजक गुरुङले बताए । फाइनल खेल शनिबार नै हुनेछ ।
लिगकम नकआउटको आधारमा ९ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’बाट जनकल्याण पोखरा–११ समूह विजेता र माछापुच्छ«े गाउँपालिका भलिबल संघ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए ।
यस्तै समूह ‘बी’बाट जिभिपि युके लण्डन समूह विजेता र माछापुच्छ«े गुराँसे भूमि घाचोक समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

