ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी गाउँपालिकाको नियन्त्रणमा

पाेखरा | जेठ १, २०८१

ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी गाउँपालिकाको नियन्त्रणमा

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ । 


शनिबार ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरीको टोलिले ना १ क ४७४२ नम्बरको जेसिवी नियन्त्रणमा लिएको हो । 


अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको जेसिवी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि माछापुच्छ्रे गाउँपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 
 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्