निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

पाेखरा | बैशाख २९, २०८१

निरमाया दोहोरी साँझले जित्यो प्रथम रुपाहिल कप फुटसलको उपाधि

पोखरा:    पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । 


शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो । निरमायाको जितमा गुप्त गुरुङले निर्णायकम गोल गरे । 


उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा ग¥यो । 


प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ (तमु मुन), उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 


पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ वटा दोहोरी साँझको सहभागिता रहेको थियो । 


फुटसल प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले अन्तरदोहोरी साँझस्तरीय फुटसल प्रतियोगिताले दोहोरी साँझका सञ्चालक, कलाकार,कर्मचारीबीच एकआपसमा भाइचाराको सम्बन्ध बढेर जाने बताए । 


वडाध्यक्ष गुरुङले खेलकुद उपाधिका लागि मात्र नभएर स्वास्थ्यको लागि समेत अनिवार्य रहेको बताए । 


कार्यक्रम रुपाहिल दोहोरी साँझका अध्यक्ष सुवास गुरुङको अध्यक्षता, गायक सुरेस रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।  


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्