संसदीय छानबिन समिति गठन गर्ने मागबाट कांग्रेस पछि नहट्ने
काठमाडाैं | बैशाख २८, २०८१
काठमाडौं: प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने बटमलाइन बनाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उहाँले बताउनुभयो । रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिगठन कांग्रेसको बटमलाइन भएको भन्दै उहाले सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गरेको लेखकले जानकारी दिनुभयो ।
उहाँले सहकारीबाट नागरिकको बचत रकम फिर्ता गर्न र रकम हिनामिनामा गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेको बताउनुभयो ।
लेखकले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताउनुभयो । लामिछाने जोगाउनलाई राज्य संयन्त्रको दुरुपयोग भएको उहाँको भनाइ छ । त्यस्तै उहाँले रवि लामिछानेलाई रास्वपा दलको नेताको हैसियतले संसदमा बोल्न दिने धारणा राख्नुभयो ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

