नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका माविकी रिया गुरुङको शतक

कालिका र सिद्ध विजयी

पाेखरा | बैशाख १७, २०८१

नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका माविकी रिया गुरुङको शतक

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् ।


पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट  लिइन् ।


१ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । लक्ष्मीका प्रिति भट्टराईले १० तथा मोनिका जैसवालले ७ रन बनाए । सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन् । सुसिला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन् । खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।


अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । 


सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकिय पारी खेल्दै अभिजित १ सय १ रन प्रहार गरिन् । कृष्टा तिलिजा पुनले ३६ रन बनाइन् । सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन् । 


प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो । कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिंखडाले समान २ विकेट लिए । खेलमा प्रतियोगिताकै पहिलो शतर प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्