तनहुँमा आफ्नै बुवाको हत्या, छोरा दिपक पक्राउ
तनहुँ | बैशाख ९, २०८१
तनहुँ: इलाका प्रहरी कार्यालय बेलचौताराले आफ्नै बुवाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीगाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् ।
तनहुँ प्रहरीका अनुसार उनले आफ्नै ७६ वर्षीय बुवा रापबहादुर बिकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि सोही आधारमा शुक्रबार दिपकलाई पक्राउ गरिएको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

