उठेन रमाको शव, हत्याको आशंका गर्दै स्कुलमा आफन्तद्वारा धर्ना
काठमाडाैं | असार १९, २०७९
काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले हत्याको आशंका गर्दै स्कुलमा प्रर्दशन गरेका छन् ।
शनिबार बेलुका केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।
मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको ,छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।
रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।
मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

