एक्यापको सार्दिखोला कार्यालयमा लागेको ताला २० दिनपछि खुल्यो
पाेखरा | बैशाख ३, २०८१
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सार्दिखोला कार्यालयमा लगाइएको ताला आइतवार एक्याप प्रतिनिधि, जनप्रतिनिधि र व्यवसायीको सहमतीमा खुलेको छ ।
एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै स्थानीय व्यावसायीहरूले चैत १२ गते ताला लगाएका थिए । स्थानीयको गुनासो सुनी माग पुरा गर्ने सहमती पछि उक्त ताल्चा खुलेको माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले जानकारी दिए ।
‘संरक्षण क्षेत्र व्यवस्थापन समिति स्थानीय जनमैत्री नभएको, प्रधान कार्यालय र ल्वाङ कार्यालयले सार्दिखोलाको समितिलाई आफ्नो अन्डरमा चलाउन खोजेको लगायत विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए,’ उनले भने, ‘आज स्थानीय तहका जनप्रतिनिधि, एक्याप कार्यालय प्रतिनिधि र व्यावसायीहरुको छिटोभन्दा छिटो स्थानीयको गुनासो सुन्दै माग पुरा गर्ने सहमतीमा ताला खुलेको छ ।’
स्थानीयहरुले ढुंगा, गिट्टी, बालुवा लगायत बस्तु नजिकको बजार क्षेत्रमा लगेरउ बेच्न पाउने वातावरण बनाउन माग गरेका थिए । पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा पहल गर्ने पनि माग गरेको प्रवक्ता आचार्यले बताए ।
एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले राजीनामा दिनुपर्ने र मजदुरलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्ने माग उनीहरूको छ । स्थानीय व्यावसायीहरुको माग सम्बोधन गर्ने सहमती भएको उनको भनाइ थियो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

