एबिसी फोर्टीफाइभ प्लस फुटबलमा ढोलाहिटी दोस्रोपटक च्याम्पियन

पाेखरा | चैत ३०, २०८०

एबिसी फोर्टीफाइभ प्लस फुटबलमा ढोलाहिटी दोस्रोपटक च्याम्पियन

पोखरा:  ढोलाहिटी फ्रिडमले दोश्रो  संस्करणको एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

 

पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै ढोलाहिटी दोस्रो पटकले च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो ।
 

 

ढोलाहिटीको जीतमा म्यान अफ द म्याच घोषित भएका प्रकाश राना मगरले २ गोलको योगदान दिए । यस्तै सरोज थापा र राजकुमार केसीले समान १—१ गोल गरे ।

 

यता फाइनलमा हार व्यहोरेको हेटौंडाको तर्फबाट शशी गौतम र सञ्जय राना मगरले १—१ गोल फर्काए ।

 

दोस्रोपटक च्याम्पियन बनेको ढोलाहिटीले नगद रु १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ७७ हजार ७ सय ७७ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

प्रतियोगिताबाट ढोलाहिटीका तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुदैं नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।

 

प्रतियोगिताका विजेताहरु तथा उपविजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

सो अवसरमा बोल्दै समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी प्रदेश सांसद सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको विकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखेकी थिइन् ।
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्