सुइखेत दुर्घटना फलोअप: सहचालक दर्जीले चलाएका थिए बस
पाेखरा | चैत २९, २०८०
पोखरा: सहचालकले चलाएको हुँदा पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना भएको खुलेको छ ।
म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सहचालक बेनी नगरपालिका ४ तातोपानी का २५ वर्षीय विनोद दर्जीले चलाएको कारण बस अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनापछि घाइते भएका सहचालक दर्जीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।
सो दुर्घटनामा परि घाइते भएकामध्ये सहचालक सहित ७ जना डिसचार्ज भइसकेका छन् भने म्याग्दीको मालिका गाउँपालिका १ दरवाङका ७२ वर्षीय नर बहादुर पुन र बेनी नगरपालिका ७ का ६१ वर्षीय टेक बहादुर कार्कीको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस हेमजानको सुइखेलमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

