पोखरामा धारिलो हतियार र ड्रग्ससहित तीन युवा प्रकाउ
पाेखरा | असार १७, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले धारिलो हतियार र ड्रग्ससहित ३ युवाहरुलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ७ नुहारथोकमा बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थायी घर भएका पोखरा बस्दै आएका ३४ बर्षिय सुजित मुल्मी, ३१ बर्षिय रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं।५ का ३१ बर्षिय बाबुराम मोक्तानलाई लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल,नुर्फिन ६५ एम्पुल गरी १ सय ९५ एम्पुल लागूपदार्थ र कालो छालाको दाप धारिलो हतियार १ थान र मोबाइल ४ थान सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरील जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

