शिव मन्दिर आमा समूह पोखरा २० को अध्यक्षमा माया जिसी

पाेखरा | चैत २५, २०८०

शिव मन्दिर आमा समूह पोखरा २० को अध्यक्षमा माया जिसी

पोखरा:     शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चयन भएकी छिन् । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । 


समूहको उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सहसचिवमा सुदिपा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी राना भुजेल चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना, अनिता पौडेल चयन भएकी छिन् । समितिको कार्यकाल तीन वर्षको हुने छ ।


अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिईन । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउदै स्थापनाकालदेखि आमा समुहले गरेका कामको प्रशंसा गरिन् । 


उनले महिलाले जिम्मेवारी र अवसर प्राप्त गरेर राम्रोसंग सञ्चालन गर्छन भन्ने प्रमाणित भएको बताईन् । ‘महिलाहरु प्रधानन्यायाधिश, राष्ट्रपति भएर सफलता पूर्वक जिम्मेवारी गरेका छन्, महिलाहरुले सञ्चालन गरेका संस्थाहरु सफल भएका छन्’ उनले भनिन्, ‘त्यसैले जिम्मेवारी र अवसर पाए सक्षम छौँ उहाँले भन्नुुभयो,“महिलाहरु राजनीतिक र सामाजिक रुपमा स्थापित हुनुपर्छ र त्यसको लागि आर्थिक रुपमा सबल सक्षम हुनुुुपर्छ ।’
 

वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको बताउदै महिला समुहको क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम संचालन गरेको बताए । कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएको बताईन् । 


 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्