वडाध्यक्ष घुस सहित पक्राउ

कपिलवस्तु | चैत १८, २०८०

वडाध्यक्ष घुस सहित पक्राउ

कपिलवस्तुः   कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–२ का अध्यक्ष उजेर अलि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

 

अख्तियारको टोलीले कार्यकक्षबाट घुस सहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उप सचिव भेषराज रिजालले जानकारी दिनुभयो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन्। उजेरबाट घुस वापत लिएको १५ हजार रकम समेत बरामद गरिएको छ ।

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ ।  अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । गण्डकी प्रदेशका नवनियुक्त उर्जा, जलस्रोत तथा ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका स...

थप पढ्नुहोस्