एमाले कास्कीको अध्यक्षमा बैनबहादुर, सचिवमा दर्शन लामा निर्वाचित

पाेखरा | चैत १४, २०८०

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर, सचिवमा दर्शन लामा निर्वाचित

पोखरा:    नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनमा बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । 


अध्यक्षमा निर्वाचित क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी बास्तोलाले ३ सय ४७ मत पाए । भने अर्का अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे । 


उपाध्यक्षमा निर्वाचित भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०) मत पाए । 


 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्