एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार  बनाउने

काठमाडाैं | चैत ११, २०८०

एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार  बनाउने

काठमाडौं:     वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले  सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । इलाम२ मा उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको हो ।


आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो ।


२०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको हुने भएको हो । एमालेले यो स्थानमा नेम्वाङकै छोरालाई उठाएको हो ।


प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यस बेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए ।


गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्