एलसी ब्रदर्शलाई नेकोस खेल महोत्सवको उपाधि
पाेखरा | चैत १०, २०८०
पोखराः लेखनाथको भण्डारढिकमा सम्पन्न सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फको उपाधि एलसी ब्रदर्शले जितेको छ ।
भण्डारढिक खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एलसी ब्रदर्श च्याम्पियन बनेको हो ।
एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरे ।
उपाधिसँगै एलसी ब्रदर्शले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको आदर्श क्लबले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।
विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए ।
यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने ।
सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भए ।
गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

