एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा, केपी ओलीले उद्घाटन गर्ने

पाेखरा | चैत ९, २०८०

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा, केपी ओलीले उद्घाटन गर्ने

पोखरा:    नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । 


नेकपा एमाले कास्कीले पोखरामा आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । 


नेकपा एमाले कास्कीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले कास्कीको जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिदै उद्घाटन गर्न पार्टी अध्यक्ष केपी ओली आउने बताए । 

 

‘नेकपा एमालेको कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ’, जिल्ला अध्यक्ष गुरुङले भने, ‘पोखरामा हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली गर्ने कार्यक्रम तय भएको छ ।’

 

 


उनका अनुसार ११ औं जिल्ला अधिवेशनमा ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट ९३५ जना प्रतिनिधि सहभागी हुनेछन् । 


अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक प्रतिवेदन र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बन्दशत्रको छलफलले प्रस्तुत प्रतिवेदन पारित गर्नेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थ...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।  गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको ...

थप पढ्नुहोस्