कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने

पाेखरा | चैत ९, २०८०

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने

पोखरा:      पोखराको बाराहीघाटमा जारी पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने भएका छन् । 


शुक्रबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमा  जीत निकाल्दै गार्डेन एफसी र लेकसाइड पहेंलोले फाइनलमा भेट पक्का गरेका हुन् । 


सेमिफाइनल खेलमा गार्डेन एफसीले गण्डकी स्पोर्टस्लाई ३–२ गोलले पराजित ग¥यो । गार्डेनको जतिमा बिनोद गुरुङले २ र राजु गुरुङले १ गोल गरे । यस्तै गण्डकी स्पोर्टस्का सुरज छन्त्याल र मिजमान गुरुङले १/१ गोल गरेपनि टोलीको जीत जोगाउन सकेनन् । 


यस्तै अर्को सेमिफाइनलमा लेकसाइड पहेंलोले एनए भेट्रान लेकसाइडलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश ग¥यो । लेकसाइड पहेंलोको जीतमा मीलि गुरुङले निर्णायक गोल गरे । 


उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलोबीच आज (शुक्रबार) दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । 


पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो । 


सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।


विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

काठमाडौं:   वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउ...

थप पढ्नुहोस्

पर्वत :   पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण वि...

थप पढ्नुहोस्

मुस्ताङ:     मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएक...

थप पढ्नुहोस्