सिक्री लुट्न नक्कली सुनको प्रयोग, महेन्द्रपुलबाट लुटिइन् गुरुङ
कास्की | असार १६, २०७९
कास्की: पोखराको मुख्य चोक महेन्द्रपुलबाट एक महिला लुटिएकी छिन् । आफ्नो छोरीलाई भेट्न आएकी तनहुँ खैरेनीकी ६७ वर्षिया जिमाया गुरुङ आज (बिहिबार) दिउँसो करिब २ बजे पोखरा ९ महेन्द्रपुलबाट लुटिएकी हुन् ।
प्रहरी स्रोतका अनुसार दुई अज्ञात व्यक्तिको समुहले नक्कली सुनको धातु देखाएर गुरुङको १ तोलाको सुनको सिक्री चोरी फरार भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको टोली फरार द्वयको खोजीकार्य तिब्र पारेको बताइएको छ ।
फुटपाथमा भेट गल्लीमा लुट
दिउँसो २ बजे महेन्द्रपुलको फुटफाटमा लुटेराहरुले जिमायालाई भेटे र फकाउँदै साँघुकोमुख भित्रको गल्लीमा पुर्याए ।
नक्कली सुनको धातुसहित चोर्ने उद्देश्यसहित बजार घुमेका उनीहरुले गुरुङलाई आफुहरुसँग गुरुङले लागाएको सिक्रीभन्दा बढिको सुन रहेको बताए । त्यसपछि उनीहरुले गुरुङले लगाएको सुनको सिक्रीभन्दा बढिको सुन दिने भन्दै प्रलोभनमा पारि नक्कली सुनको धातु भिडाएर फरार भएको बताइएको छ ।
त्यसपछि उनले कास्की प्रहरीलाई जानकारी गराएकी थिइन् । तनहुँकी जिमाया अन्नपूर्ण सुपरमार्केटमा कार्यरत आफ्नी छोरीलाई भेट्न पोखरा आएकी थिइन् ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

