म्याग्दीमा बोलेरो जीप दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु
म्याग्दी | चैत ५, २०८०
म्याग्दी: म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।
खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो ।
जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

