नेकोस खेल महोत्सवको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने, मैत्रीपूर्ण खेलमा मिडियाकर्मी विजयी

पाेखरा | चैत २, २०८०

नेकोस खेल महोत्सवको उद्घाटन एमाले महासचिव पोखरेलले गर्ने, मैत्रीपूर्ण खेलमा मिडियाकर्मी विजयी

पोखरा:   लेखनाथको भण्डारढिकमा भोलि (शनिबार) देखि हुने खेलमहोत्सवको तयारी पूरा भएको छ । सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भोलिदेखि ११ गतेसम्म लेखनाथमा हुने सूर्य तारा (नेकोस) खेल महोत्सवको तयारी पूरा भएको नेकोस गण्डकीका अध्यक्ष तथा संयोजक विष्णु पुनले जानकारी दिए  । 


उनका अनुसार सो खेल महोत्सवका उद्घाटन बिहान साढे ११ बजे लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने छन् । 


उनले राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय तेकवान्दो प्रतियोगिता, विभिन्न जातिका भाmँकी प्रदर्शन प्रतियोगिता र क्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन हुने बताए । अध्यक्ष पुनका अनुसार फुटबलतर्फ आयोजक नेकोस र त्रिशक्ती युवा क्लब माछापुच्छ्रेबीच उद्घाटन खेल हुनेछ  ।


आगामी ११ गतेसम्म सञ्चालन हुने महोत्सवले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रचारमा सघाउ पुग्ने आयोजकको विश्वास छ । 


सो खेल महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता समावेश गरिएको छ ।


यस्तो छ, खेल तालिका


महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।


खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फविजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 


प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।


महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि रहेको छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्को साथ रहेको छ । महोत्सवको प्रचारप्रसारकै क्रममा आयोजक नेकोस र मिडियाकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । सो खेलमा मिडियाकर्मीको टोलीले आयोजकलाई ८–५ गोल अन्तरले पराजित गरेको थियो ।
 

बागलुङ:  बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहि...

थप पढ्नुहोस्

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।  सुवेदीले मुख्यमन्...

थप पढ्नुहोस्