गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता चैत्रको अन्तिम साता
पाेखरा | फागुन ३०, २०८०
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको अन्तिम साता हुने भएको छ ।
उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको हो ।
सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म पोखरा रंगशालामा आयोजना हुने गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने बताइएको छ ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

