‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत सुरु भयो ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’
पाेखरा | फागुन २७, २०८०
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ ।
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् ।
सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउँदै टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने–“‘खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदी जस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकाहरुलाई मैदानमा ल्याएर उल्लेखनिय कार्य गरेको छ । यो चुनौतीपूर्ण कार्य गर्ने टेनिस परिवार धन्यबादको पात्र भएको छ ।”
मोवाइलमा रमाउने बालबालिका लाई खेल मैदान सम्म ल्याउनु निकै चुनौतीपूर्ण विषय रहेको जनाउँदै अभिभावकहरुलाई समेत उनीहरु कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको सदस्य सचिव शर्माले जनाए । यो कार्यक्रमले खेल संस्कृती र खेलकुद विकासको अभियानमा समेत महत्वपूर्ण रहेको जनाउँदै उनले खेलकुद क्षेत्र बहुआयामिक विषय समेत रहेकोले सबै उमेर समुह र सवै वगएलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषदले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताउँदै सबै खेल संघहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले भने–“सबै खेल संघहरुको सस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृतीको अन्त्य हुन आवश्यक छ ।” खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउन राजनितिक दलहरुलाई दवाव दिने गरी सबैले अभियानको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिका बाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही बर्गका बालबालिका लाई समेटिएको बताए । उनले भने–“खेल्छ गण्डकी कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिका लाई टेनिस मैदान सम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका सचिब नविन चालिसे, प्रशिक्षक निरज थापाले समेत आफ्ना भनाई राखेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा ६ वर्ष देखि १६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई महिना प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

