पोखरा-१६ मा लागूऔषध रोकथाम एवम् सचेतना कार्यक्रम
पाेखरा | फागुन २२, २०८०
पोखरा: पोखरा महानगरपालिका–१६ मा लागूऔषध रोकथाम, सचेतना, प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।
लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवायुवतीमा देखिएको लागूऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधिलाई प्रशिक्षण दिइएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागूऔषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सुहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।
समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने बताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो ।
सोही भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

