रामघाटमा बास्केटबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
पाेखरा | फागुन २१, २०८०
पोखरा: पुन एकता क्लब पोखराले खुला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही बुधबारदेखि (२२–२६ ) गतेसम्म रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा उक्त प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।
सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।
उनका अनुसार द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उनका अनुसार भेट्रान्स तर्फ सहभागिताका लागि ४ हजार ५ सय रुपैयाँ र महिलातर्फ टिम सहभागिता लागि टिम दर्ता सख्ँयाको आधारमा शुल्क तय गरिने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

