रामघाटमा बास्केटबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
पाेखरा | फागुन २१, २०८०
पोखरा: पुन एकता क्लब पोखराले खुला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही बुधबारदेखि (२२–२६ ) गतेसम्म रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा उक्त प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।
सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।
उनका अनुसार द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उनका अनुसार भेट्रान्स तर्फ सहभागिताका लागि ४ हजार ५ सय रुपैयाँ र महिलातर्फ टिम सहभागिता लागि टिम दर्ता सख्ँयाको आधारमा शुल्क तय गरिने आयोजकले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

