ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम र लुम्बिनी प्रदेश फाइनल प्रवेश

पाेखरा | फागुन २०, २०८०

ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम र लुम्बिनी प्रदेश फाइनल प्रवेश

पोखरा:    पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ । 


सुन्दर ढोका साथि सेवाले पोखरामा आयोजना गरेको विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा महिलातर्फ सुदूरपश्चिम र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको हो । 


विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १३–६ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 


यस्तै दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिमले बागमति प्रदेशलाई १०–६ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । ह्वीचियर बास्केटबल प्रतियोगिताको महिलातर्फको उपाधि लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ६ प्रदेशको सहभागिता रहेको थियो । 


सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 


पुरुषतर्फको लिग चरणको खेल जारी छ । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको महिला÷पुरुषतर्फको विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने समूहले ३० हजारसहित पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररलाई जनही ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।  

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्