मगर एकता दिवस: गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा
गुल्मी | फागुन १४, २०८०

गुल्मी: गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...