प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता

काठमाडाैं | फागुन १३, २०८०

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं:     नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ ।


साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक(एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो ।


समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ ।


नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।

 

खेलको सुरुवात देखि नै नेपालले ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् ।


त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।


जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्‍याएकी छन् ।


नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले तथा दोस्रो खेलमा इराकलाई ५–० ले पारजित गरेको थियो ।


इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।


नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्